PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

असोज २४ र २५ अन्तर्राष्ट्रिय तमु सम्मेलन



पहिलोपोस्ट

असोज २४ र २५ अन्तर्राष्ट्रिय तमु सम्मेलन

काठमाडौँ : आदिवासी तमुहरूको छाता सङ्गठन तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा तमुको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।

छोंज धिंले शुक्रवार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार यही असोज २४ र २५ गते हुने अन्तर्राष्ट्रिय सम्मेलनमा हालसम्म १७ वटा देशका प्रतिनिधिहरूले सहभागी हुने छन्। थप देशबाट पनि सहभागी आउने सम्भावना रहेको आयोजकको भनाई छ।

छोंज धिंका अध्यक्ष रेसम गुरुङले दिएको जानकारी अनुसार सम्मेलनले विश्वभर छरिएर रहेका तमुलाई एकताबद्ध बनाउने, तुमहरुबीच भाइचाराको सम्बन्ध स्थापित गर्ने र तमु समुदायको संस्कार संस्कृतिको संरक्षण र संवर्द्धनका लागि सचेतना जगाउने प्रमुख उद्देश्य राखेको छ।

तमुहरूको मूल थलो गण्डकी प्रदेश भए पनि हाल नेपाल भरी मात्र होइन, विश्वका धेरै मुलुकहरूमा स्थायी र अस्थायी बसोबास गर्दै आएका छन्। विशेष गरेर तमुहरू नेपाल बाहिर भारत, भुटान, बर्मा, बेलायत, मलेसिया, सिंगापुर र जापानमा बस्दै आएका छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell