PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

वीरगन्जमा वयोधा अस्पताल संचालनमा, प्रदेश नम्बर २ र बिहारका बिरामीलाई सेवा दिने लक्ष्य                                     



राधेश्याम पटेल

वीरगन्जमा वयोधा अस्पताल संचालनमा, प्रदेश नम्बर २ र बिहारका बिरामीलाई सेवा दिने लक्ष्य                                     

वीरगन्ज : वीरगन्जमा वयोधा समूह अन्तर्गतको नारायणी वयोधा अस्पताल सञ्चालनमा आएको छ। विशेषज्ञ सेवासहित गुणस्तरीय उपचार सेवाको साथ अस्पताल शुभारम्भ भएको पत्रकार सम्मेलनमार्फत अस्पताल व्यवस्थापन पक्षले जानकारी गराएको छ।

अस्पतालको क्षमता १५० शैय्या भएपनि हाल ५० शैय्याका साथ सञ्चालनमा ल्याइएको बताइएको छ। करिव डेढ अर्बको लगानीमा निर्मित उक्त अस्पतालले भारत र प्रदेश नम्बर २ का बिरामीलाई लक्षित गरी सेवा शुभारम्भ गरेको वयोधा अस्पताल समूहका प्रबन्ध निर्देशक अजय गुप्ताले जानकारी दिए।

वयोधा अस्पताल काठमाडौं समूह र वीरगन्जका उद्योगी अशोक वैद्यको संयुक्त लगानीमा स्थापना भएको अस्पतालका अपरेशन सञ्चालन प्रमुख रजनीश भारती र कार्यकारी निर्देशक रवि चौधरी रहेका छन्। अस्पतालले अहिलेदेखि नै बहिरंग विशेषज्ञ सेवा शुरु गरिसकेको छ। निकट भविष्यमा थप सेवाहरु उपलब्ध गराउने पनि अस्पतालको दावी छ।

वीरगन्जको अन्य अस्पतालको शुल्कको तुलनामा वयोधा अस्पतालले प्रभावकारी सेवा दिने अस्पताल समूहका कार्यकारी निर्देशक रवि चौधरीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell