PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

मोदी र सी जिनपिङबीचको भेटको पूर्व सन्ध्यामा सैन्य अभ्यासको चिन्ता!



पहिलोपोस्ट

मोदी र सी जिनपिङबीचको भेटको पूर्व सन्ध्यामा सैन्य अभ्यासको चिन्ता!

नयाँ दिल्ली : आगामी साता तय भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको अनौपचारिक भेटको पूर्व सन्ध्यामा चीनले अरुणान्चल प्रदेशमा जारी हिम बिजय सैन्य अभ्यासप्रति आपत्ती जनाएको छ। भारतका लागि चिनियाँ राजदूत रहिसकेका चिनियाँ उप विदेशमन्त्री लुवो झाहोइले भारतीय विदेश सचिव विजय गोखलेसँगको भेटमा सैन्य अभ्यासको कुरा उठाएका हुन्।

भारत र चीनबीच द्वीपक्षीत वार्ताको तयारी सकारात्मक भइरहेको अवस्थामा भारतको डिफेन्स ड्रिलले असर पार्नसक्ने चिनियाँ संकेत उनले दिएका थिए। चिनियाँ चासोपछि भारतीय अधिकारीहरुले सैन्य अभ्यास सीमाभन्दा सय किलोमिटर भारततिर रहेको जानकारी दिएको थियो। औनपचारिक भेटसँग यस्तो अभ्यासको कुनै नाता नरहेको भारतले प्रस्ट्याएको थियो। उसले महिनौं अघि नै सैन्य अभ्यासको तयारी भएको जानकारी चिनियाँ पक्षलाई दिएको थियो।

मोदी र जिनपिङबीचको भेटको आधिकारिक कुनै जानकारी त गराइएको छैन तर चेन्नईमा अक्टुबर ११ मा भेट तय भएको स्रोतलाई उदृत गर्दै टाइम्सअफइन्डियाले जनाएको छ। भेट छोटो हुने बताइएको छ। भारतले पनि सी जिनपिङ २४ घन्टाभन्दा बढी नबस्ने अनुमान गरेको छ।

लुवो र गोखले बीच भएको भेटघाट पनि औपचारिक गराइएको छैन। दुवै देशले भेटबारे मुख खोलेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell