काठमाडौः नेपाल प्रहरीले दशैँको तीन दिन निःशुल्क बस सञ्चालन गर्ने भएको छ।
दशैँमा सार्वजनिक सवारीको अभावलाई मध्यनजर गर्दै दुईवटा बस सञ्चालन गर्न लागिएको प्रहरीले जानकारी दिएको छ। अष्टमी, नवमी र टिकाको दिन बस सचालन गर्ने लागिएको हो।
रुट नम्बर १ मा रहेको बसले नक्साल, रत्नपार्क, कालीमाटी, कलंकी, बल्खु, एकान्तकुना, पुल्चोक हुँदै पुतलीसडक चल्ने छ। त्यस्तै रुट नम्बर २ को बस नक्साल, मैतीदेवी, गौशाला, कोटेश्वर, माइतीघर, त्रिपुरेश्वर, लैनचौर हुँदै बालुवाटार पुग्ने प्रहरीले जानकारी दिएको छ।