PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

नेपालथोकमा मिनीबस दुर्घटना, तीन जनाको मृत्यु



पहिलोपोस्ट

नेपालथोकमा मिनीबस दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं : सिन्धुली र काभ्रेको सीमामा पर्ने  नेपालथोकमा मिनीबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

काठमाडौंबाट राजविराज जाँदै गरेको बा ३ ख २३५९ नम्बरको मिनीबस दुर्घटना भएको हो। करिब ३० जना सवारमध्ये पाँच जना घाइते भएको प्रहरीले जनाएको छ।

गाडीका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell