हृतीक रोशन र टाइगर श्रफको एक्सन फिल्म वारले तीन दिनमा १ सय करोडको कलेक्सन गरेको छ। पहिलो दिन ५३ करोड कमाएको फिल्मले दोस्रो दिन २४ र तेस्रो दिन २२ करोडभन्दा माथिको कारोबार गरेको हो।
यससँगै सन् २०१९ मा रिलिज भएका फिल्महरुमध्ये सबैभन्दा छिटो सय करोड कमाउने फिल्म बनेको छ वार। सलमान खानको फिल्म भारतले ४ दिनमा १ करोड कमाएको थियो भने कविर सिंह, मिसन मंगल र साहोले ५ दिनमा यो आंकडा छोएका थिए। हृतीककै यस वर्षको हिट फिल्म सुपर ३० ले सय करोड कलेक्सन गर्न १० दिन कुर्नु परेको थियो।