.jpg)
काठमाडौं: दशैंमा गाउँ फर्किने मानिसको संख्या दिनदिनै बढ्दै गएपछि उपत्यकाभित्रका सडक सुनसान देखिन थालेका छन्। दशैंको सप्तमी र अष्टमीका दिन राजधानीमा मानिसको चहलपहल न्युन देखियो। सडकमा सार्वजनिक सवारी कमै देखिन्छन्।
गत असोज ५ गतेदेखि सप्तमीका दिनसम्म उपत्यकाबाट २ लाख ६१ हजार ६ सय २८ सवारीसाधन बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। त्यस्तै यो अवधिमा उपत्यकाबाट २३ लाख ८४ हजार ९३१ जना मानिस बाहिरिएको प्रहरीको तथ्याङकले देखाएको छ। ' दैनिक उपत्यका छोड्ने मानिसको सङख्या बढ्दो छ,' महाशाखाका एसएसपी भीम ढकालले भने।
त्यस्तै यो अवधिमा जम्मा १० लाख ४६ हजार ७ सय ४१ जना मानिस भित्रिएका छन्।