PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दशैंमा बाहिर कतै भोक मेटाउने ठाउँ खोज्दै हुनुहुन्छ? विकल्प रहेछन् यस्ता



पहिलोपोस्ट

दशैंमा बाहिर कतै भोक मेटाउने ठाउँ खोज्दै हुनुहुन्छ? विकल्प रहेछन् यस्ता

आइतबार अष्टमीको दिन परेकाले खाना र खाजा खाने साथीहरुलाई अफ्टेरो पर्‍यो। बिहानदेखि नै काममा खटिएका साथीहरु लन्चका लागि भौतारिरहनु पर्‍यो।

थकाली खाना खाने भनेर दरबारमार्गमा रहेको पोखराको थकाली रेस्टुरेन्ट पुगेको त बन्द रहेछ। भएन, अघिल्लो दिन साम्स वान ट्रीमा दिउँसो खाजा खाएकाले त्यही जाने मुड बन्यो। र, लागियो त्यतैतिर।

तर, महेन्द्रको शालीक अगाडिको जेब्रा क्रस गर्न नै परेन। साम्समा त ताल्चा लागेको रहेछ। जहाँ उभियौं त्यही थियो - हट ब्रेड। त्यही पुगेर खाइयो। हामीजस्तै धेरैलाई अलमल हुनसक्ने देखिएकाले हिजै बिजमाण्डूले एउटा खबर छापिसकेको रहेछ - दशैंमा खुल्ने रेष्टुराँका बारेमा। त्यसैले हामीलाई जस्तै अलमलिएकाहरुलाई सजिलो हुने ठानेकाले त्यो सामग्री उपयोगी हुनसक्छ -

  • बसन्तराज उप्रेती/बिजमाण्डू -

काठमाडौं। दशैंमा काठमाडौं सुनसान बन्छ। उपत्यकाका प्राय सबै पसल र रेष्टुरेन्ट बन्द हुन्छ।

उपत्यकाबासीका लागि घरबाहिर गएर खानका लागि समस्यानै हुन्छ।

तर उपत्यकाका केही त्यस्ता रेष्टुरेन्ट छ जुन दशैंका बेलामा पनि खुल्छ। ती रेष्टुरेन्टहरु ३६५ दिन नै संचालनमा आउने गरी स्थापना भएका छन्।

ठमेलस्थित नर्थफिल्ड क्याफेले दशैंतिहार विदा अवधिमा पनि अघिपछी झैँ सेवा दिने बताएको छ।

विहान सात  बजेदखि राती ११ बजेसम्म संचालित क्याफेमा ग्राहकले क्याफे आइटम देखि आलाकार्ट मेनु सम्मको मेनुको सुविधा लिन सक्ने क्याफेले जनाएको छ।

क्याफेका अनुसार ग्राहकले नेपाली, मेक्सिकन, इण्डियन, कन्टिनेन्टल परिकारको सेवा लिन सक्नेछन्।  

चाडवाडमा ग्राहकलाई सहज रुपमा खानपिनको सुविधा दिने उद्धेश्यले रेष्टुरेण्ट संचालनमा ल्याइँदै गरिएको रेष्टुरेण्टका इन्चार्ज सुरज विष्टले जानकारी दिए।

'हाम्रो मुख्य उद्धेश्य भनेकै ग्राहकलाई सेवा दिनु हो। चाडवाडको समय प्राय रेष्टुरेण्ट बन्द हुन्छ। सबैले बन्द गर्दा भएका पर्यटकलाई अनि नेपाली ग्राहकलाई खानपिनको लागि गाह्रो पर्न जान्छ। कतिपय अवस्थामा घण्टौँ लाइनमा बसेर खानुपर्ने अवस्था पनि आउँछ। यसैले हामीले तीन सय ६५ दिनै रेष्टुरेण्ट संचालनमा ल्याइरहेका छौँ।' इन्चार्ज विष्टले बिजमाण्डूसँग भने।

नेपाली रैथाने परिकारको पारखीका लागि डिल्लीबजार स्थित भोजन गृह दशैं विदा अवधिभर संचालनमा रहनेछ।

तीन सय ३५ दिनै संचालन हुँदै आएको रेष्टुरेण्टमा विहान १० बजेदेखि राती १० बजेसम्म आन्तरिक र वाह्य(पर्यटक) ग्राहकले स परिवार आलाकार्ट मेनु अन्तर्गत भोजन गर्न सक्ने रेष्टुरेण्टका लेखा प्रमुख सुनील कार्कीले जानकारी दिए।

उनका अनुसार भोजन गृहमा ग्राहकले भुटेको मकै, बदम साँदेको, आलु तारेको, मःमः, क्वाटीको सुप, दाल, भात, साग, अचार, माछा तारेको, च्याउको तरकारी, सिकर्नी लगायत नेपाली रैथाने परिकारको स्वाद लिन सक्नेछन्।

ठमेल स्थित जात्रा क्याफे एण्ड बार पनि दशैंको विदा अवधिभर खुला रहने रेष्टुरेण्ट प्रवन्धक अरुण डंगोलले जानकारी दिए। विहान नौ बजेदेखि  खुल्ने रेष्टुरेण्ट राती ग्राहकको चाप अनुसार लेट नाइटसम्म संचालनमा ल्याइने डंगोलले जानकारी दिए।

डंगोलका अनुसार ग्राहकले रेष्टुरेण्टमा नेवारी रैथाने परिकार सँगै चाइनीज, इण्डीयन लगायत विभीन्न मुलुकको परिकारको स्वाद आलाकार्ट मेनु अन्तर्गत लिन सक्नेछन्।

सामान्यतयाभन्दा दशैं विदामा ग्राहकको चाप बढी हुने बताउँदै उनले  भने,' पर्यटकलाई सहज रुपमा खानपानको लागि सुविधा दिनु नै हाम्रो मुख्य उद्धेश्य हो। यो समय प्राय रेष्टुरेण्ट बन्द भएको कारणले होला ग्राहकहरु अटाइ नअटाइ हुन्छन्।' डंगोलले बिजमाण्डूसँग भने।  

दर्बारमार्ग स्थित ओपियम रेष्टुरेण्ट दशैंको टिकाको दिनबाहेक सबै दिन नियमित संचालन गरिने रेष्टुरेण्टका म्यानेजर रेवन्त कुमार क्षेत्रीले जानकारी दिए।

रेष्टुरेण्ट विहान १० बजेदेखि राती १० बजेसम्म संचालन गरिने उनले बताए। 'यो समय धेरै रेष्टुरेण्ट संचालनमा आएका हुँदैनन्। हामीले टिकाको दिन बाहेक अरु दिनमा नसयमीत संचालनमा ल्याउन लागेका हौँ।' उनले भने। उनका अनुसर विदाको समय रेष्टुरेण्ट संचालनका लागि जनशक्ति व्यवस्थापन भइसकेको छ।       
     

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell