PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

मंगलवार दुईदेखि ४ बजेसम्म मन्त्रीदेखि विशिष्ट श्रेणीलाई प्रधानमन्त्रीको हातबाट टीका



पहिलोपोस्ट

मंगलवार दुईदेखि ४ बजेसम्म मन्त्रीदेखि विशिष्ट श्रेणीलाई प्रधानमन्त्रीको हातबाट टीका
गत वर्ष बुबासँग टीका ग्रहण गर्दै प्रधानमन्त्री।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीदेखि विशिष्ट श्रेणीका कर्मचारीलाई मंगलबार दिउँसो २ बजेदेखि ४ बजेसम्म टीका लगाइदिने भएका छन्। विजया दशमीका दिन प्रधानमन्त्री ओलीले पार्टी कार्यकर्ता र सर्वसाधारणलाई भने ४ बजेदेखि ७ बजेसम्म टीका लगाउने तयारी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

दिउँसो दुई बजेदेखि ४ बजेसम्म भने मन्त्री, सांसदहरु र विशिष्ट श्रेणीका कर्मचारीहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा टीका लगाउने कार्यक्रम तय भएको हो।

पिता मोहनप्रसाद ओलीबाट टीका ग्रहण गरेपछिमात्र प्रधानमन्त्री ओलीले अरुलाई टीका लगाइदिने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell