PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

महरालाई 'अरेस्ट वारेन्ट', पक्रिने तयारीमा प्रहरी



सविन ढकाल

महरालाई 'अरेस्ट वारेन्ट', पक्रिने तयारीमा प्रहरी

काठमाडौं : यौन दुर्व्यवहारको आरोप लागेका प्रतिनिधि सभाका पूर्व सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको छ। यससँगै प्रहरीले महरालाई नियन्त्रणमा लिएर बयान र अनुसन्धान अगाडि बढाउने बाटो खुलेको छ।

संसद सचिवालयकी महिला कर्मचारीले सभामुख कृष्णबहादुर महराले बलात्कार गरेको आरोप लगाएकी थिइन्। 'हाम्राकुरा अनलाइन'मा भिडियोसहित रिपोर्ट गत सोमबार प्रस्तुत गरेपछि घटना बाहिरिएको थियो। घटना बाहिरिएसँगै असोज १४ गते सभामुख महराले पदबाट राजीनामा दिएका थिए। तर, ती महिलाले महराको राजीनापछि भने आफ्नो भनाइ फेरेकी थिइन्। गत १६ गते फेरि नयाँ बानेश्वर प्रहरीकहाँ पुगेर उनले उजुरी दिएकी थिइन्। प्रहरीले महिलाको स्वास्थ्य परीक्षण समेत गरिसकेको छ।

'न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले पक्राउ गर्न अनुमति दिएको हो। प्रहरीले पक्राउ गर्नका लागि अनुमति मागेको थियो, अदालतले पक्राउको आदेश दिएको हो,' काठमाडौं जिल्ला अदालतका प्रवक्ता तथा श्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी बताए। 

महिलाले उजुरी दिएलगत्तै प्रहरीले सभामुख महराको निगरानी बढाएको थियो।

असोज १२ गते राति सावा ९ बजे ती महिलाले महराले दुर्व्यवहार गरेको भन्दै प्रहरीलाई फोन गरेपछि महिलाको कोठामा पुगेर प्रहरीले केही तस्वीर लिएको थियो। तर, त्यसपछि अनुसन्धान अघि बढ्न सकेको थिएन। सभामुख महराले पदबाट राजीनामा दिएपछि भने प्रहरीले पुनः कोठामा पुगेर प्रमाण संकलन गरेको थियो।

सभामुख महराले आफू महिलाको कोठामा नगएको दावी गर्दै आएका छन्। तर, प्रहरीले संकलन गरेको प्रमाणहरु सीसी क्यामरा, मोबाइल लोकेसन आदिको आधारमा उनी महिलाको कोठामा गएको खुलेको थियो। घटनास्थलबाट प्रहरीले सभामुख महराको भनिएको भाँचिएको चस्मा, जुत्ताको तलुवा लगायत सबुत प्रमाण संकलन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell