PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

दशैँको किनमेल गर्न रक्सौलमा नेपाली उपभोक्ताको घुइँचो, साँघुरो सडकका कारण दैनिक घण्टौं जाम



राधेश्याम पटेल

दशैँको किनमेल गर्न रक्सौलमा नेपाली उपभोक्ताको घुइँचो, साँघुरो सडकका कारण दैनिक घण्टौं जाम

रक्सौल : वीरगन्जको भारतीय सीमावर्ती बजारको रुपमा चिनिने बिहारको बेतिया लोकसभा क्षेत्रस्थित रक्सौल बजारमा साँघुरो सडकका कारण दुवै देशका जनताले सास्ती खेप्नु परेको छ। रक्सौलमा सडक विस्तार नहुँदा र रेल्वे लाइनमा ओभरब्रिज नबन्दा आवतजावतमा कठिनाइ भएको स्थानीयले बताएका छन्।

नेपाल भारतको मुख्य व्यापारिक नाका भएकाले रक्सौलमा उपभोक्ताहरुको चहलपहल निकै हुन्छ। नेपाली उपभोक्ताले रक्सौलमै किनमेल गर्ने भएकोले पनि चाडबाडको बेला यहाँ अझ बढि भीड लाग्ने गर्छ। नेशनल हाइवेले यी दुवै शहरको अवागमनलाई जोडे पनि लामो समयदेखि सडक विस्तार नहुँदा सडकमा आवतजावत गर्न समस्या आएको हो।

साइकल, मोटरसाइकल र अटो रिक्सामा नेपालबाट दिनहुँ सयौँ ग्राहक रक्सौल जान्छन् तर सहज यातायातको सुविधा नहुँदा नेपाली ग्राहक दैनिक २/३ घण्टा जाममा फस्ने गरेका छन्। सोही कारणले रक्सौल बजारमा किनमेल गर्न एक दिन पूरै खर्चिनुपर्ने बाध्यता रहेको उपभोक्ताको गुनासो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell