PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

टी - २० सिरिज : हङ्कङलाई ४ विकेटले हरायो नेपालले



पहिलोपोस्ट

टी - २० सिरिज : हङ्कङलाई ४ विकेटले हरायो नेपालले

ओमनमा जारी पाँच देश सम्मिलित टी २० सिरिजमा नेपालले आज हङकङमाथि ४ विकेटको जित निकालेको छ। ओमनको अलमेरतमा भएको खेलमा नेपालको जितमा करण केसि र बिनोद भन्डारीको योगदान महत्वपूर्ण रह्यो।

पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२५ रन बनाएको थियो। हङकङका लागि वकस वार्कतले सर्वाधिक ३७ रन लिए। त्यस्तै किन्चित साहले ३१ रन तथा निजाजत खानले २३ रन बनाए।

हङकङलाई सस्तैमा समेट्न करण केसीले ४ विकेट लिए।

नेपालेको ब्याटिङमा बिनोद भन्डारीको भूमिका महत्वपूर्ण रह्यो। उनले ४८ बलमा ५८ रनको अर्धशतकीय पारी खेल्दै सुरुमै विकेट जोगाउन नसकेको नेपाललाई खेलमा फर्काए।

त्यस्तै आरिफ शेखले २१ रन तथा सोमपाल कामीले १३ रन लिए। कप्तान पारस खड्का भने रन जोड्न नपाउदै पभेलियन फर्किएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell