PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

लिंगे पिङमा चचहुई सरररर……

लिंगे पिङमा चचहुई सरररर……

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : दशैंका समय एकै पटक भए पनि धर्ती छोड्नुपर्छ भन्ने मान्यता रहेको छ। यसको अर्थ धर्ती छोडेर पिङमा मच्चिँदै आनन्दानुभूति लिनु हो। यही विश्वासले पनि दशैंसँग जोडिएर आउने पिङको महत्व बढी छ।

दशैं मनाउन लाखौैंको संख्यामा मानिसहरु गाउँ फर्किएसँगै राजधानी भने बेहुली अन्माएको घर जस्तै देखिएको छ। गाउँ घरका दोबाटो, चौरमा रोटेपिङ, लिंगे पिङको 'चचहुइ'ले गाउँ नै गुञ्जायमान छ। तर, शहर भने सुनसान हुँदै गएको छ। 

बढ्दो शहरीकरण, प्रविधिको विकास र साघुँरिदो समाजिक दायराले अहिले शहरमा पिङको आकर्षण लोभ हुँदै गएको छ। उपत्यकाभित्र बस्तीहरुमा फाटफुट लिंगे पिङ भेटिए पनि युवा पुस्ताले पिङको मज्जा सहजै लिन पाउँदैनन्। पिङ खेल्न मन हुनेहरुलाई काठमाडौंमा सहजै पिङ भेट्न पनि ग्राहो छ।



ट्रेन्डिङ पोस्ट

Ncell