PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

मौलो पूजाका अवसरमा महानिरीक्षकद्वारा दुई प्रहरी पुरस्कृत



पहिलोपोस्ट

मौलो पूजाका अवसरमा महानिरीक्षकद्वारा दुई प्रहरी पुरस्कृत

काठमाडौं: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको बडादसैं कार्यक्रम अन्तर्गत प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना गरेका छन्।

महानिरीक्षक खनालले मौलोमा पूजा विसर्जनका लागि कुभिण्डो तथा बलिपूजाबाट मौलो पूजा, सङकल्प पूजाअर्चना र निशानमा पञ्जाछाप लगाएका थिए। महानिरीक्षक खनालले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी सहायक निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई नगद पुरस्कार प्रदान गरे।

पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो।

प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ। नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्टन देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ। संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस र सम्पूर्ण कार्यमा सफलता प्राप्तर होस भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ। प्रहरीले २०११ सालमा निशान झण्डा प्राप्त  गरेपश्चात हरेक वर्ष बडा दसैं र  चैते दसैंमा निरन्तररुपमा मौलो पूजा गर्दै आएको छ।

उक्त मौलो पूजामा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको उक्त मौलो पूजामा प्रहरी अधिकृत तथा जवानहरुको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell