PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'दशैंमा एकदिन धर्ती छाड्नु पर्छ'

'दशैंमा एकदिन धर्ती छाड्नु पर्छ'

प्रवीण रानाभाट/पहिलोपोस्ट


‘दशैंमा एकदिन धर्ती छाड्नु पर्छ।’

यही मान्यता र मनोरञ्जनका लागि दशैंको समयमा लिङ्गे पिङ हाल्ने चलन छ। दशैंमा लिङ्गे पिङ खेले मृत्यु पश्चात् स्वर्ग पुगिने विश्वास पनि रहिआएको छ। ट्टपाईंले धर्ती छाड्नु भयो त? 

काठमाडौंमा त केही वर्षअघि मात्र लिङ्गे पिङले हरेक टोलको दशैंमा उमङ्ग थप्ने गर्थ्यो। बालबालिकादेखि बुढापाकासम्म पिङमा झुम्मिने र लाम लागेर आफ्नो पालो पर्खिएको दृश्य निकै रोचक लाग्थ्यो। तर, आजभोलि फाट्टफुट्ट पिङ देखिनु नै खुशीको विषय बनेको छ। किनकि समयसँगै पिङ हाल्ने चलन पातलिदै गयो। काठमाडौंमा खाली ठाउँकै अभावका कारण पिङ देखिनै मुश्किल भएको हो। कतै देखिएपनि त्यो पहिलेजस्तो दशैंदेखि तिहारसम्म टिक्न गाह्रो। केही ठाउँमा भने स्थानीय युवा वा समूहहरु मिलेर पिङ हाल्ने गरेका छन्।

पिङका लागि स्थानीय बासीसँगै पैसा उठाउने, डोरी र बाँस किन्ने, लठ्ठा बनाउने, लिङ्गा जोड्ने गरेका छन्। मिहेनत लगानी गरिएको पिङ र पिङको मज्जा लिइ रहेका आम मानिसको फोटो हाम्रो फोटो पत्रकार साथी प्रवीण रानाभाटले आफ्नो लेन्समा कैद गरेका छन्। 

 



ट्रेन्डिङ पोस्ट

Ncell