PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रधानमन्त्री ओलीले साइतभन्दा ढिला टीका लगाए, मन्त्री र प्रहरी प्रमुख पुगे टीका थाप्न

प्रधानमन्त्री ओलीले साइतभन्दा ढिला टीका लगाए, मन्त्री र प्रहरी प्रमुख पुगे टीका थाप्न

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको टीका ग्रहण गरेका छन्।

ओलीले आज प्रधानमन्त्री निवास वालुवाटारमा बुबा मोहनप्रसाद ओलीको हातबाट टीका तथा फूल प्रसाद ग्रहण गरेका हुन्।

आज १० बजेर ३५ मिनेटमा टिकाको साइत भएपनि प्रधानमन्त्री ओलीले करिव पौने तीन बजे टिका लगाएका थिए। प्रधानमन्त्रीले साइतमा नै टीका लगाउने गरेपनि यसपटक झापाबाट ढिला आइपुगेकाले ओलीको टीका ढिला शुरु भएको बताइएको छ। त्यसलगत्तै ओलीले आफन्तलाई टीका लगाइदिएका थिए।  

प्रधानमन्त्री ओलीले मन्त्री, सुरक्षा निकायका प्रमुख देखि विशिष्ट श्रेणीका कर्मचारीलाई टीका लगाइदिएका थिए। विजया दशमीका दिन प्रधानमन्त्री ओलीले पार्टी कार्यकर्ता र सर्वसाधारणलाई भने ४ बजेदेखि ७ बजेसम्म टीका लगाउने तयारी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell