PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

पेन्टांगुलर टी-२० : आयरल्यान्डविरुद्ध १ सय ४६ को लक्ष्य पछ्याउँदै नेपाल, पारश र इशानको राम्रो ओपनिङ



पहिलोपोस्ट

 पेन्टांगुलर टी-२० : आयरल्यान्डविरुद्ध १ सय ४६ को लक्ष्य पछ्याउँदै नेपाल, पारश र इशानको राम्रो ओपनिङ

ओमनमा जारी ओमान पेन्टांगुलर टी-२० सिरिज अन्तर्गत आजको जारी खेलमा आयरल्यान्डले नेपाललाई १ सय ४६ रनको लक्ष्य पेश गरेको छ।

निर्धारित २० ओभरको खेलमा १ सय ४५ रन बटुल्न सफल आयरल्यान्डका लागि पौल स्ट्रिलिङले सर्वाधिक ५९ रन जोडे। उनले ४७ बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए।

एन्डी बल्ब्रिइनले ३८ रन र स्टुअर्ट थम्सनले २१ रन जोडेका थिए। उनले ११ बलमा नटआउट रहँदै उक्त रन जोडेका हुन्।

बलिङतर्फत भने सन्दीप लामिछाने र अविनाष बोहराले दुई/दुई विकेट लिन सफल रहे। त्यस्तै ललित राजवंशी र करन केसीको खातामा पनि एक एक विकेट पर्‍यो। सबैभन्दा किफायती बलिङ भने सन्दीपकै रह्यो। उनले ४ ओभरमा २१ रन खर्चे। अविनासले पनि ४ ओभर खेल्दै २२ रनमात्र दिए। ललितले ४ ओभरमा २३ रन, सोमपाल कामीले ३ ओभरमा २५ तथा पारश खड्का एक ओभरमा १२ रन दिए।

यतिखेर नेपालले ब्याटिङ गरिरहेको छ। पारश खड्का र इशान पाण्डेको प्रारम्भिक जोडीले राम्रो सुरुवात गरेको छ। ४.१ ओभर खेलिसक्दा नेपालले एक विकेट क्षतिमा ३५ रन बनाएको छ। पारश खड्काले १४ बलमा नै २५ रन जोडेका छन्। उनी पाँचौं ओभरको पहिलो बलमा क्याच आउट भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell