PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

जँड्याहाले च्याते चिनियाँ राष्ट्रपति सी भ्रमणको लागि तयार पारेको ब्यानर!



पहिलोपोस्ट

जँड्याहाले च्याते चिनियाँ राष्ट्रपति सी भ्रमणको लागि तयार पारेको ब्यानर!

काठमाडौं: चिनियाँ राष्ट्रपति सी जिङपिङको स्वागतको लागि तयार पारिएको ब्यानर च्यातिएको छ।

बिजुलीबजार क्षेत्रमा तयार पारिएको ब्यानर मंगलवार राति च्यातिएको प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ब्यानर च्यात्ने दुई जनालाई नियन्त्रणमा लिएको छ। गोपाल सार्की र रौतहटका राजकुमार ठाकुरलाई नियन्त्रणमा लिएको परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

मंगलवार राति सार्कीले रक्सीको नशामा ब्यानर च्यातेको बयान प्रहरीमा दिएका छन्। 'रक्सी खाएर च्यातिएको देखिएको छ। थप बुझ्दै छौं,' डिएसपी बोगटीले भने।

२० वर्षीय ठाकुरलाई भने च्यातिएको ब्यानर बाटो हिँड्ने क्रममा तानेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। राष्ट्रपति सी आगामी शनिवार नेपाल भ्रमण आउने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell