PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

सी जिनपिङ भ्रमण: प्रधानमन्त्री ओलीलाई बाबुरामको ६ सुझाव



पहिलोपोस्ट

सी जिनपिङ भ्रमण: प्रधानमन्त्री ओलीलाई बाबुरामको ६ सुझाव
फोटोः रासस

काठमाडौं:  पूर्वप्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न भ्रमणको सन्दर्भमा सरकारलाई ६ बुँदे सुझाव दिएका छन्।

सी जिनपिङको भ्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्रमन्त्रीहरु र परराष्ट्र मामिलाका जानकारहरुसँग बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए।

भट्टराईले सी जिनपिङको भ्रमणका विषयमा सरकारले मागे अनुसारको सुझाव दिइएको भन्दै ट्वीट गरेका छन्। भट्टराईले चीन, भारत र अमेरिकाको नेपालमा बढ्दो चासोलाई अवसरको रुपमा लिँदै तीनवटै शक्तिसँग समानान्तर सम्बन्ध राख्न पनि सुझाव दिएका छन्।

यस्ता छन् भट्टराईले दिएको सुझावहरुः

१. मुख्यत: चीन, भारत र अमेरिकाको नेपालमा बढ्दो चासोलाई अवसरको रूपमा लिने; तीनवटैसँग समानान्तर सम्बन्ध राख्ने; गतिशील शान्तिवाद/तटस्थताको नीति लिने; बिआरआइ र आइपिएस दुवैबाट लाभ लिने; भारत-चीनबीच नेपाललाई आर्थिक सेतुको रूपमा विकास गर्ने

२. चीनसँग रेल, सडक लगायतका कनेक्टिभिटी विस्तारमा जोड दिने; रेल बनाउँदा ऋणजालमा नफस्ने, अनुदान र ऋणको सन्तुलन मिलाउने; सडकमा बढी जोड दिने, कर्णाली-गण्डकी-कोसी कोरिडोरलाई प्राथमिकता दिने

३. ऋण/अनुदानभन्दा औद्योगिक लगानी, व्यापार, पर्यटनमा जोड दिने

४. सुपुर्दगी सन्धि चीनसँग मात्र तत्काल नगर्ने

५. लिपुलेकको त्रिदेशीय व्यापार मार्गमा भारत-चीनले मात्र सम्झौता गरेकोमा सच्याएर त्यसमा नेपाल पनि जोडिनुपर्ने

६. सन् १९६० को नेपाल-चीन मैत्री-सन्धि अध्यावधिक गर्ने प्रस्ताव चीनले राखेको भए दुवै पक्षको हितमा संशोधन गर्ने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell