PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

निवर्तमान सभामुख महरा अस्पताल भर्ना



पहिलोपोस्ट

निवर्तमान सभामुख महरा अस्पताल भर्ना

काठमाडौं : हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल भर्ना गरिएको छ। गत आइतवार साँझदेखि महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेका महरालाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको प्रहरी स्रोतले जानकरी दिएको छ।

पक्राउ परेको दिन पनि महरालाई अक्सिजन कमी भएपछि राति नै सभामुख निवास बालुवाटर लगिएको थियो। त्यसपछि भने महरा हिरासतकक्षमा नै रहँदै आएका थिए। उनका लागि हिरासतमा नै अक्सिजनको व्यवस्था समेत गरिएको थियो। उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको हो।

अशोज १२ गते संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको महरामाथि आरोप छ। प्रहरीलाई फोन गरेर ती महिलाले बलात्कारको प्रयास भएको बताएकी थिइन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। प्रहरीले सभामुख निवासमा पुगेर खानतलासी समेत गरिसकेको छ।

'अन्य घटना झै घरमा केही फेला पर्छ कि भनेर तलासी गरेका हौं,' एक अनुसन्धान अधिकृतले भने। घटनास्थलमा प्रहरीले भाँचिएको चस्मा, जुत्ता तलुवा फेला परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell