PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

विश्वकप छनोट : पहिलो हाफमा नेपाल अस्ट्रेलियासँग ३ गोलले पछाडि



पहिलोपोस्ट

विश्वकप छनोट : पहिलो हाफमा नेपाल अस्ट्रेलियासँग ३ गोलले पछाडि
फोटो : फिफा।

विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत समूह 'बी' को आज नेपाल र अस्ट्रेलियाबीच जारी खेलमा नेपाल पहिलो हाफमा ३–० ले पछि परेको छ।

खेलको सुरुमा निकै दबाव बनाएको अस्ट्रेलियाका लागि खेलको छैटौं मिनेटमै म्याकलरेनले गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए। फेरि १९ औं मिनेटमा म्याकलरेनले नै गोल गर्दै अस्ट्रेलियालाई २–० को अग्रता दिलाए।

खेलको २३ औं मिनेटमा अस्ट्रेलियाका राष्ट्रिय टिमबाट डेभ्यु गरेका सौटरले गोल गर्दै अस्ट्रेलियालाई ३–० को सहज स्थितिमा पुर्‍याए। पहिलो हाफको थप समयमा लेइकिले  नेपालको गोलपोस्टमा प्रहार गरे पनि रेफ्रीले त्यसलाई अफसाइड करार दिँदा पहिलो हाफमा अस्ट्रेलिया ३–० ले अगाडि रह्यो।

नेपाल र अस्ट्रेलियाबीचको खेल जियो स्टेडियम क्यानबेरामा जारी छ। विश्वकपमा समेत सहभागिता जनाउँदै आएकाे अस्ट्रेलिया बलियाे टाेली हाे। फिफा वरीयतामा अस्ट्रेलिया ४४  स्थानमा छ। यता नेपाल १ सय ६१ स्थानको टिम हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell