PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

ओमान पेन्टांगुलर टी २० सिरिज : नेपाल ओमानसँग पराजित



पहिलोपोस्ट

ओमान पेन्टांगुलर टी २० सिरिज : नेपाल ओमानसँग पराजित

ओमानमा जारी ५ देश सम्मिलित पेन्टांगुलर टी २० सिरिजअन्तर्गत आज भएको खेलमा नेपालले आयोजक ओमानसँग लज्जास्पद हार ब्यहोरेको छ। आज भएकाे खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएकाे हाे।

ओमानको अल अमेरातमा भएको खेलमा सुरुवाती ब्याटिङमा उत्रिएको नेपाल ६४ रनमा अलआउट भएको थियो। ६५ रनको झिनो लक्ष्य लिएर उत्रिएको ओमनले ११ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा गर्‍यो।

ओमनका लागि सुरज कुमारले सर्वाधिक ४२ रनको योगदान दिए। उनले ३० बलमा २ चौका र ३ छक्काको सहयताले ४२ रन बनाए। नेपालका लागि करण केसीले २ विकेट तथा सन्दीप लामिछाने तथा सोमपाल कामीले समान १/१ विकेट लिएका थिए।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ११ ओभरमा अलआउट हुँदै ६४ रन मात्रै बनाएको थियाे। नेपालका लागि आरिफ शेखले २० तथा दिपेन्द्र सिंह ऐरीले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन्।

ओमानका बलर आमिर कलिमले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन्। कलिमले ४ ओभरमा १५ रन मात्रै खर्चेर ५ विकेट लिए। त्यस्तै बिलाल खानले २ तथा मोहम्मद नदिम र खावर अलिले १/१ विकेट लिए।

जितसँगै ओमान सिरिजकाे ४ वटै खेलमा शतप्रतिशत जित निकाल्दै ८ अ‌ंकसहित तालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell