PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

साफ यू १५ : नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

साफ यू १५ : नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने

दक्षिण एसियाली खेलकुद अन्तर्गत साफ यू १५ महिला च्याम्पिनयनसिपमा नेपालले आज बंगलादेशको सामना गर्दै छ।

भुटानको थिम्पुमा जारी प्रतियोगितामा नेपाल यसअघिको खेलमा भारतसँग ४–१ को गोल अन्तरले पराजित भएको थियो । अर्कोतर्फ बंगलादेशले भुटानलाई २–० ले पराजित गर्दै सुखद सुरुवात गरेको थियो। खेल आज दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ।

पहिलो खेलबाटै सुखद सुरुवात गरेको बंगलादेश फाइनल प्रवेश सहज बनाउन चाहन्छ भने नेपालका लागि भने फाइनल प्रवेशका लागि आजको खेल जित्नै पर्ने दबाब छ। आजै हुने अर्को खेलमा भारत र भुटानले प्रतिस्पर्धा गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell