PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

चिनियाँ राष्ट्रपतिको सम्मानमा आइतबार सार्वजनिक बिदा



पहिलोपोस्ट

चिनियाँ राष्ट्रपतिको सम्मानमा आइतबार सार्वजनिक बिदा

काठमाडौँः सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। चीनका राष्ट्रपति सी जिनपिङ नेपालमा रहने भएकाले सरकारले बिदा दिने निर्णय गरेको हो।

सी शनिवार नेपाल आउँदैछन्। शनिवार सार्वजनिक बिदा छ। आइतबार कार्यालय, सङ्घ संस्था खुलेर सुरक्षा तथा आवतजावतमा समस्या हुन सक्ने भन्दै आइतबार पनि बिदा दिन लागिएको हो।

यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी आउँदा पनि सरकारले बिदा दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell