PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

सिन्धुपाल्चोकको भोटसिपामा बस दुर्घटना, आठ जनाको मृत्यु, ६० भन्दा बढी घाइते



नेत्र तामाङ

सिन्धुपाल्चोकको भोटसिपामा बस दुर्घटना, आठ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
फोटोः नवीन गिरिको फेसबुकबाट

काठमाडौँः सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा परेको छ। काठमाडौँ आउने क्रममा इन्द्रावती गाउँपालिका १० भोटसिपास्थित तिखु मोडमा बस दुर्घटनामा परेको हो। 

बा २ ख २७१५ नम्बरको बस दुर्घटनामा परेको हो। 

बिहान ८ः३० बजे सिपाटारबाट छुटेको बस करिब ९ः३० बजे भोटसिपामा दुर्घटनामा परेको हो। 

प्रहरीका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भइसकेको छ। दुर्घटनामा चालकको पनि मृत्यु भएको छ। ६० जनाभन्दा बढी घाइते भएका छन्। केही शवलाई दुर्घटनाग्रस्त बसले नै किचेको छ। 

घाइते करिब ६० जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।  

प्रहरी र स्थानीयले अहिले उद्धार कार्य जारी राखेका छन्। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell