PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अफ्रिकी राष्ट्र मालावीबाट तीन नेपाली महिलाको उद्धार



पहिलोपोस्ट

अफ्रिकी राष्ट्र मालावीबाट  तीन नेपाली महिलाको उद्धार

काठमाडौं: मानव तस्करले अफ्रिकी राष्ट्र मालावीको डान्सबारमा पुर्याएका तीन जना नेपाली महिलालाई प्रहरीले उद्धार गरेको छ। इन्टरपोल प्रहरीको सहयोगमा उनीहरुलाई नेपाल ल्याइसेको प्रहरीले जानकारी दिएको छ।

मानव तस्करहरुले नेपालबाट दुबई हुँदै अफ्रिका पुर्‍याएर मालावीमा बन्धक बनाई राखिएका तीन नेपाली महिलाको मालावी प्रहरीले उद्धार गरेको थियो।

मालावी प्रहरीले ती नेपाली महिलालाई ०७५ माघ २८ गते मानव तस्करहरुको बन्धनबाट मुक्त गरेको थियो। त्यसको करिब १५ दिनपछि अर्की एक नेपाली महिलाको पनि मालावी प्रहरीले मानव तस्करहरुको बन्धनबाट मुक्त गरेको थियो।

संयुक्त अरब इमिरेट्सको दुबई हुँदै नेपालबाट मानव तस्करी गरी मालावी पुर्‍याइएका ती नेपाली महिलालाई मानव तस्करहरुले बन्धक बनाएर राखेका थिए। मालावी लैजानुअघि उनीहरुलाई दुबईमा एक महिना राखिएको थियो।

प्रहरीका अनुसार ती महिलाहरुलाई लिलोंग्वेस्थित एउटा नाइट क्लबमा डान्सरको काम लगाइदिने प्रलोभन देखाएर भारतीय नागरिक अस्लम अदाम सकरानीले मालावी लगेका थिए। भारतीय नागरिक सकरानीले त्यहाँ ४ वर्षदेखि नाइट क्लब सञ्चालन गर्दै आएको मालावी प्रहरीले जनाएको छ। मालावी प्रहरीले सकरानीलाई पक्राउ गरि हिरासतमा राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell