PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कैलालीमा युवाहरुबीच ग्याङ फाइट, झडपमा घाइते एक युवकको उपचारका क्रममा मृत्यु



एम बम

कैलालीमा युवाहरुबीच ग्याङ फाइट, झडपमा घाइते एक युवकको उपचारका क्रममा मृत्यु

कैलाली : कैलालीमा चार दिनअघि युवाहरुबीच भएको ग्याङ फाइटमा परि घाइते भएका एक युवकको मृत्यु भएको छ। असोज २० गते राति कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १ मा युवाहरुको दुई समूहबीच सामान्य विवाद भएपछि झडप भएको थियो।

झडपमा परि घाइते भएका लम्की चुहा नगरपालिका वडा नम्बर १ थकालीपुरका १३ वर्षीय बखत भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्षकुमार बस्नेतले बताए।

झडपका क्रममा उनको टाउको र आँखामा चोट लागेका थियो। नेपालमा उपचार सम्भव नभएपछि उपचारका लागि लखनऊ पठाइएकोमा उनको बिहीवार लखनऊमा उपचारकै क्रममा मृत्यु भएको बस्नेतले बताए। घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

लम्की चुहा नगरपालिका वडा नम्बर १ का वृहस्पति शाही र जीवन रावललाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell