
यो साता फ्राइडे रिलिज अन्तर्गत एक मात्र नेपाली फिल्म रिलिज भयो। 'छ माया छपक्कै'ले सोलो रिलिजको अवसर प्राप्त गरेको हो।
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको ‘छ माया छपक्कै’मा दीपकराज गिरीको पटकथा रहेको छ।
फिल्ममा कलाकारहरु दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, बुद्धि तामाङ, अनुराग कुँवर, रमा थपलिया,प्रकाश घिमिरे लगायतको अभिनय रहेको छ। फिल्मले राजनीतिक द्वन्द्वको परिवेशको कथा बोल्छ। सार्वजनिक ट्रेलरले द्वन्द्वको समयमा पलाएको प्रेम र राजनीतिले प्रेममा पार्ने असर संकेत गर्छ।
यस साता नेपाली मात्र नभएर नयाँ विदेशी फिल्म पनि प्रदर्शनमा आएनन्। जसका कारण प्रत्यक्ष प्रभाव छ माया छपक्कैको बक्सअफिसमा सकारात्मक रहने अनुमान गर्न सकिन्छ। तर, एक साताअघि प्रदर्शनमा आएका फिल्महरु पनि हलमा अझै छन्। जोकर, वार, कबड्डी कबड्डी कबड्डी लगायत फिल्मले मल्टिप्लेक्स एवं सिंगल स्क्रिनमा राम्रै सो पाएका छन्।
पहिलो दिन प्राय हलहरुमा सत् प्रतिशत् अकुपेन्सी कायम गरेको भनिएको छ माया छपक्कैले दोस्रो दिनदेखि आफ्नो सो बढाएर अरुको घटाउँला त?