PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

यस्तो छ चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको तालिका



पहिलोपोस्ट

यस्तो छ चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको तालिका

काठमाडौं: चिनियाँ राष्ट्रपति सी जिङपिङ भोलि नेपाल आउँदैछन्। राष्ट्रपति सीले नेपालमा करिब १९ घण्टा समय बिताउनेछन्। यसबीच, उनको नेपाल भ्रमणको समय तालिका सार्वजनिक भएको छ।

चिनियाँ राष्ट्रपति सी दिउँसो करिब ४:३० मा त्रिभुवन विमानस्थलमा आइपुग्नेछन्। उनी ताहाचलस्थित सोल्टी होटलमा बस्नेछन्। सी विमानस्थलमा हवाईजहाजबाट अवतरण गरेपछि बेलुकी ६:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ। चिनियाँ राष्ट्रपति सी करिब ७:३० बजे राष्ट्रपति भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि सीले शनिवार नै भेट गर्नेछन्।

राष्ट्रपति सीले आइतवार बिहान नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुप्पकमल दाहाल 'प्रचण्ड' सँग भेटवार्ता गर्नेछन्। त्यसपछि करिब ११:३० बजे प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच द्वीपक्षीय सम्झौता हुनेछ। आइतवारै दिउँसो १ बजे चीनका राष्ट्रपति सी स्वदेश प्रस्थान गर्ने जनाइएको छ।

सरकारले चिनियाँ राष्ट्रपति सीको भ्रमणका लागि तयारी तीव्र पारेको छ। यतिबेला काठमाडौं सिंगारिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सीको स्वागतका लागि भइरहेको तयारीबारे निरन्तर जानकारी लिइरहेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले ट्वीटमार्फत उक्त जानकारी दिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell