PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

नेपाल चलचित्र कलाकार संघको टीका, उपस्थित सबैलाई ३१ रुपैयाँ दक्षिणा



पहिलोपोस्ट

नेपाल चलचित्र कलाकार संघको टीका, उपस्थित सबैलाई ३१ रुपैयाँ दक्षिणा

दशैंको अवसरमा नेपाल चलचित्र कलाकार संघले विशेष कार्यक्रम आयोजना गर्‍यो। संघले शुक्रबार टीकासहित शुभकामना आदानप्रदान गरेको हो।

संघ स्थापनाको ३१ वर्ष जनाउनका लागि उपस्थित सम्पूर्णलाई ३१ रुपैयाँ दक्षिणा दिइयो। संघका कोषाध्यक्ष सुनिल कटुवालले भने चलचित्र कलाकार संघको कोषमा ३१ हजार रुपैयाँ जम्मा गराए। 

कार्यक्रममा संघका अध्यक्ष रविन्द्र खड्कासँगै चलचित्रकर्मी एवं गीतकार यादव खरेलले उपस्थित कलाकारहरुलाई टीका लगाई दिएका थिए। नेपाल सङ्गीत तथा नाट्य कला प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, संघका सल्लाहकार तथा नेपाल फिल्म समाजका अध्यक्ष कृष्ण मल्ल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चरित्र अभिनेत्री लक्ष्मी गिरीलगायतले शुभकामना मन्तव्य राखे।

त्यस्तै मदुकुमार श्रेष्ठ, संघका उपाध्यक्ष मोहन निरौला, सानु ताम्राकार, कोषाधक्ष्य सुनिल कटुवाल लगायत पदाधिकारीहरु, कलाकारहरु टीका पहारी, आरपी पन्त, गायक आनन्द कार्की, सीताराम पोखरेल, सञ्चारकर्मी र कलाकारहरुको उपस्थिति रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell