PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

'किम्फ'को १७ औं संस्करणमा ४८ वटा फिल्म देखाइने



पहिलोपोस्ट

'किम्फ'को १७ औं संस्करणमा ४८ वटा फिल्म देखाइने

काठमाडौं : 'काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव' (किम्फ) आउँदो मंसिर २५ देखि आयोजना हुँदैछ। पाँच दिनसम्म चल्ने फिल्म महोत्सवका लागि प्रदर्शन हुने फिल्महरु छनौट भइसकेका छन्।

महोत्सवको १७ औं संस्करणमा २९ देशका ४८ वटा फिल्म प्रदर्शन हुने आयोजकले जनाएको छ। यसपटक महोत्सवमा प्रतिस्पर्धात्मक विधातर्फ १७ र गैर प्रतिस्पर्धात्मकतर्फ ३१ फिल्म प्रदर्शन हुने बताइएको हो। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने फिल्महरुले क्रमशः दुई लाख, १ लाख ५० हजार र एक लाख पाउने छन्।

प्रतिस्पर्धाका लागि पोल्याण्ड, कोरिया र नेपालका गरी तीनजना निर्णायक रहेका छन्।

नेपाली फिल्म निर्माता, निर्देशकलाई प्रोत्साहित गर्नका लागि ५ सेप्टेम्बरमा आयोजित ‘परिवर्तित नेपाल’ नामक सर्ट फिल्म प्रतियोगिता आयोजना हुनेछ। प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेका लागि क्रमशः ४०, ३० र २० हजार पुरस्कार राखिएको छ।

यो पटकको किम्फमा डकुमेन्ट्री, कथानक, छोटा, प्रयोगात्मक र एनिमेसन विधाका फिल्महरु राष्ट्रिय सभा गृह र नेपाल पर्यटन बोर्डको हलमा देखाइएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell