PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

प्रहरी भन्छ : राष्ट्रपति सी सवार मुख्य सडकमा गाडी लिएर ननिस्किनु



पहिलोपोस्ट

प्रहरी भन्छ : राष्ट्रपति सी सवार मुख्य सडकमा गाडी लिएर ननिस्किनु

काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङ राजकीय भ्रमणका लागि आज काठमाडौं आइपुग्दैछन्। सी को भ्रमणलाई लिएर राजधानीको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

आज र भोलि राष्ट्रपति सीको भ्रमणको समयमा राजधानीका मुख्य सडक प्रयोग नगर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चालकलाई अनुरोध गरेको छ। त्यस्तै बैकल्पिक मार्ग प्रयोग गर्न सुझाव पनि दिएको छ।

'राष्ट्रपति सवार हुने मुख्य सडकमा सवारी लिएर ननिस्किन अनुरोध गर्छौं। सकभर आज सवारी साधनहरु लिएर ननिस्कुनू होला,' महानगरीय प्रहरी ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले भने।

चिनियाँ राष्ट्रपति सी शनिवार दिउँसो करिब ४:३० मा त्रिभुवन विमानस्थलमा ओर्लिने कार्यतालिका छ। सी विमानस्थलबाट कोटेश्वर, नयाँबानेश्वर, माइतीघर, त्रिपुरेश्वर हुँदै ताहाचलस्थित सोल्टी होटल पुग्ने छन्। सोल्टी होटेलमा आज बिहानैदेखि सेवाग्राहीलाई निषेध गरिएको छ।

ठूला मालबाहक सवारीको हकमा भने दुई दिन रिङरोड भित्र प्रवेश गर्न समेत रोक लगाएको महाशाखाका एसएसपी ढकालले जानकारी दिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि करिव साढे २ घण्टाको लागि बन्द हुनेछ।

चिनियाँ राष्ट्रपति सी शनिवार दिउँसो करिब ४:३० मा त्रिभुवन विमानस्थलमा ओर्लिने कार्यतालिका रहेको छ। बेलुकी ६:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ। चिनियाँ राष्ट्रपति सी करिब ७:३० बजे राष्ट्रपति भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन्।

सी भोलि दिउँसो १ बजे चीन फर्किने कार्यक्रमम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell