PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

बितेको २४ घन्टामा मोदी र सीबीच ५ घन्टा ३० मिनेट 'वान अन वान' छलफल



पहिलोपोस्ट

बितेको २४ घन्टामा मोदी र सीबीच ५ घन्टा ३० मिनेट 'वान अन वान' छलफल

ममलापुरम : बितेका २४ घन्टामा पटकपटक गरी चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच करिब पाँच घन्टा ३० मिनेट 'वान अन वान' छलफल पछि भारतीय प्रम मोदीले शनिवार सिनो-इन्डियाबीच चेन्नई कनेक्ट मार्फत् सहकार्यको नयाँ युग सुरुवात भएको टिप्पणी गरेका छन्।

बंगालको खाडीमा रहेको कोभालमस्थित रिसोर्टमा द्वीपक्षीय डेलिगेट्सको छलफल र दुई देशबीचको अनौपचारिक छलफलको अन्तिम सेसनपछि मोदीले पछिल्ला २ हजार वर्षयता विश्वको अर्थतन्त्रमा भारत-चीनले नेतृत्व लिइरहेको बताएका थिए।

'वुहान स्पिरिटले द्वीपक्षीय सम्बन्धको गाठोलाई बलियो बनाएको थियो। आज 'चेन्नई कनेक्ट'ले सहकार्यको नयाँ युगको सुरुवात गरेको छ,' मोदीले पहिलो अनौपचारिक सम्मेलनको सन्दर्भ उल्लेख गर्दै भने। गत वर्ष चीनको वुहानमा यी दुई नेताबीच यस्तै छलफल भएको थियो।

मोदीले दुई देशबीच रणनीतिक संचारको थालनी त्यहीबाट सुरु भएको थियो।

'असहमतिहरुको व्यवस्थापना गर्ने र त्यसलाई विवादमा नल्याउने हाम्रो सहमति थियो। हामीले एक अर्काको चासोप्रति हामी संवेदनशील हुने निर्णय गरेका छौं,' मोदीले भने।

दुवै देशका डेलिगेट्सबीच भेट भेट हुनुअघि मोदी र सीबीच करिब एक घन्टा 'वान अन वान' छलफल भएको थियो। छलफल फिसरम्यान्स केभ रिसोर्टमा भएको थियो।

उनीहरु समुन्द्री किनारामा गफिएका थिए। त्यसअघि मोदी र सी दुवै नेता गल्फ कार्ट (गल्फ खेलाडीले चल्ने सानो गाडी)मा सँगै आएका थिए।

शुक्रवार साँझ पनि मोदी र सीबीच साढे दुई घन्टा कुराकानी भएको थियो, डिनरका दौरान। आतंकवाद र कट्टरतावादविरुद्ध संयुक्त रुपमा लड्ने विषयमा दुई नेताबीच छलफल भएको थियो। त्यसका लागि द्वीपक्षीय व्यापार र लगानी गर्ने विषय छलफलको प्राथमिकतामा थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell