PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

धुँवाबाट बच्न लगाइने कालो रङको मास्क दुई दिनलाई निषेध!



पहिलोपोस्ट

धुँवाबाट बच्न लगाइने कालो रङको मास्क दुई दिनलाई निषेध!

काठमाडौं : राजधानीका सडकमा उड्ने धुलोबाट बच्न मास्क लगाउने गर्नु भएको छ? छ भने आज र भोलि कालो रङको चाहिँ प्रयोग नगर्नुहोला। चिनियाँ राष्ट्रपति नेपाल रहुन्जेल कालो मास्क लगाउन नदिन प्रहरीलाई सर्कुलर जारी नै भएको छ।

प्रहरी प्रधान कार्यालयले उपत्यकाका सबै प्रहरी कार्यालयहरुमा सर्कुलर जारी गरेर - कालो मास्क प्रयोगमा रोक लगाउन आग्रह गरेको छ। आज र भोलि यात्रुहरुलाई कालो रङको मास्क नलगाउन अनुरोध गरिएको प्रहरी स्रोतले जानकारी दियो।

चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर सुरक्षा संवेदनशीलता धेरै बढेपछि प्रहरीको बाक्लो परिचालन गरिएको छ। साथै, चिनियाँ राष्ट्रपतिको भब्य स्वागतका क्रममा विरोध जनाउने कुनै पनि संकेत नदेखियोस् भन्नेमा सरकार सचेत छ। त्यसैले, कालो मास्कसमेत नलगाउन प्रहरी मुख्यालयले सर्कुलर जारी गरेको हो।

आज बिहानैदेखि कडा चेकिङमा जुटेको प्रहरीले पनि सवारी चालकलाई कालो रङको मास्क प्रयोग नगर्न अनुरोध गर्दै आएका छन्। दुई दिनपछि भने कुनै पनि रङको मास्क लगाउन सकिने प्रहरीले जनाएको छ। सवारी चल्ने क्षेत्रमा हिँड्ने यात्रुलाई पनि कालो रङको मास्क प्रयोगमा निषेध गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell