काठमाडौं: चीनका राष्ट्रपति सी जिनपिङ काठमाडौंमा ओर्लिँदैछन्।
दुई दिने भ्रमणका लागि सी भारतको चेन्नाईबाट उडिसकेका छन्।
सीको आगमनलाई मध्यनजर गर्दै राजधानीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरीले विभिन्न नाकामा जाँच गरिरहेको छ भने सेनाले गस्ती बढाएको छ। सडक वरपर बाक्लो रुपमा सुरक्षाकर्मी खटाइएको देख्न सकिन्छ।