PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

इलियुड किपचोगे बने २ घन्टा भित्रै म्याराथन पुरा गर्ने पहिलो खेलाडी



पहिलोपोस्ट

इलियुड किपचोगे बने २ घन्टा भित्रै म्याराथन पुरा गर्ने पहिलो खेलाडी
तस्बिर: राेयटर्स

इलियुड किपचोगेले अष्ट्रियामा सम्पन्न म्याराथन रेस २ घन्टा अगावै पुरा गर्दै कम समयमा रेस पुरा गर्ने धावक बनेका छन्।

उनले ४२ दशमलव २ किलोमिटरको दौड १ घन्टा ५९ मिनेट ४० सेकेन्डमा पुरा गर्दै २ घन्टा अगावै म्याराथन रेस पुरा गर्ने खेलाडी बनेका हुन्।

३४ वर्षीय केन्याका धावक किपचोगेको यो रेकर्ड अफिसियल म्याराथन रेकर्ड भने बन्ने छैन। किनभने उनी दौडेको प्रतियोगिता खुल्ला प्रतियोगिता थिएन। साथै उनले रोटेटिङ पेससिटरको सहायता लिएका थिए।

'मलाई एकदमै खुशी लागि रहेको छ की मैले २ घन्टा भित्र रेस पुरा गर्न सकेँ। यसले कोही पनि सीमित छैन भन्ने देखाएको छ' किपचोगेले भने, 'मैले यो गर्न सफल भएँ। म पछि अरु धावकले पनि गर्नसक्ने मलाई लाग्छ।'

दुई वर्षअघि उनी २ घन्टाको रेकर्ड बनाउन २५ सेकेन्डले चुकेका थिए। ओलम्पिक च्याम्यियन समेत रहिसकेका उनले १३ माइल प्रतिघन्टाको रफ्तारमा दौडिएर रेकर्ड बनाउन सफल भएका हुन्। जबकी सेन्ट्रल लन्डनको ट्राफिकको औषत गति ७ माइल प्रति सेकेन्ड हुने गर्छ।

उनले आजको रेसका लागि ६ महिना यता तयारी गरेको बताएका थिए। 'म इतिहास बनाउन दौडँदैछु। मलाई यो देखाउनु छ की कुनै पनि कुराको सीमा हुँदैन।'

ओलम्पिकमा विजेता बनिसकेका किपचोगेले लन्डन म्याराथन ४ पटक जितिसकेका छन्। भिएनाको राम्रो हावा, उत्कृष्ट मौसम तथा समथर भुभागका कारण आफूलाई रेसमा सजिलो भएको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell