PahiloPost

Dec 30, 2025 | १५ पुष २०८२

चिनियाँ राष्ट्रपति चढेको विमान काठमाडौंमा ल्यान्डेड



पहिलोपोस्ट

चिनियाँ राष्ट्रपति चढेको विमान काठमाडौंमा ल्यान्डेड

काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक शिखर वार्ता सम्पन्न गरी राष्ट्रपति सी आज काठमाडौं आइपुगेका हुन्।

एयर चाइनाको विशेष विमानबाट राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन्। उनको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रिपरिषद् सदस्यहरु लगायत उच्च पदस्थ अधिकारीहरु पुगेका छन्। केही बेरमा उनलाई गार्ड अफ अनर प्रदान गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell