PahiloPost

Nov 21, 2019 | ५ मंसिर २०७६

विमानस्थलदेखि सोल्टीसम्म यस्तो देखियो चिनियाँ राष्ट्रपति सीको सवारी

विमानस्थलदेखि सोल्टीसम्म यस्तो देखियो चिनियाँ राष्ट्रपति सीको सवारी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छिन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक शिखर वार्ता सम्पन्न गरी राष्ट्रपति सी आज काठमाडौं आएका हुन्।

एयर चाइनाको विशेष विमानबाट विमानस्थल उत्रिएका सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रिपरिषद् सदस्यहरु लगायत उच्च पदस्थ अधिकारीहरु पुगेका थिए।

सीलाई विमानस्थलमा नै राजकीय सम्मानसहित गार्ड अफ अनर प्रदान गरिएको थियो। विमानस्थलबाट राष्ट्रपति सी तीनकुने, नयाँ बानेश्वर, त्रिपुरेश्वर हुँदै सोल्टी होटल पुगेका थिए। उनको स्वागतमा सडकमा ब्यान्ड बाजा, जातीय साँस्कृतिक बाजासहित सर्वसाधारण उपस्थित भएका थिए। 



ट्रेन्डिङ पोस्ट

ncell