PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

१९ लाख रुपैयाँ नगदसहित कपनबाट २१ जुवाडे पक्राउ



पहिलोपोस्ट

१९ लाख रुपैयाँ नगदसहित कपनबाट २१ जुवाडे पक्राउ

काठमाडौँः नेपाल प्रहरीले १८ लाख ९२ हजार रुपैयाँ नगदसहित २१ जुवाडे पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले कपनका स्थानीय रमेश तामाङले लामाको घर भाडामा लिएर जुवा खेलाइरहेको अवस्थामा राति २ बजे पक्राउ गरिएको जानकारी दिए। “ठूलो हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेका हौँ”, उनले भने।

प्रहरीले पक्राउ परेकासँग १८ लाख ९२ हजार रुपैयाँ नगद र तास बरामद गरेको छ। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell