PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

सिपिएल: सन्दीप आबद्ध बार्बाडोस च्याम्पियन



पहिलोपोस्ट

सिपिएल: सन्दीप आबद्ध बार्बाडोस च्याम्पियन
तस्बिर: सिपिएल

क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछाने आबद्ध  बार्बाडोस ट्रिडेन्ट्सले उपाधि हात पारेको छ। आज भएको फाइनल खेलमा बार्बाडोसले ग्युनिया अमेजोन वारियर्सलाई २७ रनले पराजित गर्दै सिसिएलको उपाधि हात पारेको हो।

सुरुवाती ब्याटिङमा उत्रिएको बार्बाडोसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनायो। बार्बाडोसका लागि जोनाथन कार्टरले आक्रामक अर्धशतक बनाए भने ओपनर जोनसन चाल्र्सको ३९ रन पनि महत्वपूर्ण रह्यो। त्यस्तै एलेक्स हल्सले २८ रन तथा एस्ले नर्सले १९ रन बनाए।

१७२ रनको लक्ष्य लिएर उत्रिएको ग्युनिया अमेजोन वारियर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रन बनाउँदै उपविजेतामा सीमित भयो। वारियर्सका लागि ब्रान्डन किङ्को सर्वाधिक ४३ रन बाहेक अन्य ब्याट्सम्यानले ठूलो योगदान दिन सकेनन्। त्यसबाहेक किमो पाउलले २५ र निकोलस पुरनले २४ रन बनाए। यता बलिङमा बार्बाडोसका रेइमन रेफरले सर्वाधिक ४ विकेट लिए भने ह्यारी गुर्ने र एस्ले नर्सले समान २ २ विकेट लिए।

बार्बाडोसबाट यो सिजन सिपिएलमा सहभागिता जनाएका सन्दीप लामिछाने भने सिसिएलको आधा खेल खेलेर नेपालबाट सिंगापुरमा सम्पन्न त्रिकोणात्मक टी २० सिरिज र ओमानमा पाँच देश सम्मिलित पेन्टांगुलर  सिरिजमा सहभागिता जनाएका थिए।

लामिछानेले सिपिएलमा ६ खेल खेल्दै ८ विकेट लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell