PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

साफ यू १५ : उपाधि होडबाट बाहिरिएको नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै



पहिलोपोस्ट

साफ यू १५ : उपाधि होडबाट बाहिरिएको नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

दक्षिण एसियाली खेलकुद अन्तर्गतको साफ यू १५ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानको सामना गर्दै छ। भुटानको थिम्पुमा जारी प्रतियोगितामा नेपाल र भुटान दुवैले यसअघिनै समान २/२ खेलमा पराजय भोगिसकेका छन्।

आजको खेलमा नेपाल र भुटान दुवै टिम सान्त्वना जितको खोजीमा हुनेछन्। यसअघिको खेलमा नेपाल बंगलादेश र भारतसँग पराजित भएको थियो। प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल भारतसँग ४–१ गोलान्तरले पराजित भएको थियो। त्यस्तै दोस्रो खेलमा बंगलादेशसँग २–१ ले पराजित भएको थियो।

अर्कोतर्फ भुटान पनि अघिल्ला दुइ खेलमै पराजय भोगेको छ। भुटानले उसको पहिलो खेलमा बंगलादेशसँग २–० को पराजय भोगेको थियो भने दोस्रो खेलमा भारतसँग १०–१ को गोलान्तरले पराजित भएको थियो।

नेपाली टोलीका प्रशिक्षक राकेश श्रेष्ठले बंगलादेशसँगको खेल पछि प्रतिक्रिया दिँदै नेपालले भुटानसँग सुधारिएको प्रदर्शन गर्ने बताएका थिए। दुवै टोली उपाधि होडबाट बाहिरी सकेकाले आजको खेल सान्त्वना जितका लागि हुनेछ।

नेपाल र भुटानबीचको खेल आज बेलुकी ५:४५ मा सुरु हुनेछ। त्यस्तै आजै बंगलादेश र भारतले पनि प्रतिस्पर्धा गर्नेछन्। बंगलादेश र भारतको खेल आज पौने ३ बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell