PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

दशैंमा साढे ९ अर्बको नोट साटियो



पहिलोपोस्ट

दशैंमा साढे ९ अर्बको नोट साटियो

काठमाडौँः नेपाल राष्ट्र बैंकले दशैंमा साढे नौ अर्ब रुपैयाँ बराबरको 'खुद्रा' नोट सटही गरेको छ। सुकिला र नयाँ गरेर केन्द्रीय बैंकले नोट सटही गरेको हो।

५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट सटही गरेको हो। यो गत बर्षको भन्दा तीन अर्ब कम हो।

नयाँ नोट छापिएर समयमा आइनपुग्दा राष्ट्र बैंकले सटही सीमा यो पटक घटाएको थियो। साथै नोटलाई जतन गरौं भन्दै सुकिला नोटहरु सटही गरिदिएको थियो। नयाँ नोट कोलकाता बन्दरगाहामै रोकिँदा राष्ट्र बैंकले सुकिला नोटलाई प्राथमिकता दिने नीति लिएको थियो।

'सीमा घटाएको र सुकिला नोटलाई प्राथमिकतामा राखेका कारण सटहीका लागि यसपाली कम पैसा बाहिर गयो' राष्ट्र बैंक मुद्रा ब्यवस्थापन विभागका प्रमुख तथा प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने, 'बिस्तारै नोट सटहीलाई निरुत्साहित गर्नुपर्छ।'

पोहोरजत्तिकै यसपाली पनि ठूला दरका नोट बाहिर गएका छन्। ५०० र १००० दरका ५० अर्ब रुपैयाँ बराबरको नोट बैंकिङ कार्यालयबाट बजारमा गएको उनले जानकारी दिए।

तलबभत्ता, अन्य कारोबारका लागि दशैंमा ठूला नोट अरुबेला भन्दा बढी बजारमा जान्छ। ठूला दरका नोट राष्ट्र बैंक फर्किन २ देखि अढाई महिना लाग्ने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell