PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बोलेरो र बस एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

बोलेरो र बस एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

पहिलोपोस्ट /पहिलोपोस्ट


दमौलीः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको लु १ च ७०४१ नंको बोलेरो जिप र विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ४०२२ नंको यात्रुवाहक बस एकापसमा ठोक्किँदा जिप चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा नवलपरासी सरावल गाउँपालिका–१ बस्ने २१ वर्षीय रमेश थारू रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। दुर्घटनामा घाइते भएका थारूको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो।

तीव्र गतिमा आएका दुई सवारी घुम्तीमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। केरा बोकेर आउँदै गरेको जिप बसको ठक्करबाट पूर्णरूपमा क्षति भएको छ। बस चालक र बस प्रहरी नियन्त्रणमा छ। रासस

फोटोहरु: नविन श्रेष्ठ



ट्रेन्डिङ पोस्ट

Ncell