
काठमाडौँः दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का सचिवालय सदस्यहरूले सामूहिक भेटवार्ता गरेका छन्।
आइतबार बिहान ने क पाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा होटल सोल्टीमा सचिवालय सदस्यहरुले भेटवार्ता गरेका हुन्। सचिवालय सदस्यहरुको सामूहिक भेटवार्तालगत्तै सी र प्रचण्डबीच एक्ला/एक्लै वार्ता पनि भएको छ।
ने क पा नेतासँगको भेटपछि सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन्। सी र ओलीको भेटवार्तापछि द्विपक्षीय वार्ता हुने कार्यतालिका रहेको छ। सी आइतबार दिउँसो नै स्वदेश फर्किने कार्यक्रम रहेको छ।