-001.jpg)
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच सोल्टी होटलमा द्वीपक्षीय वार्ता सुरु भएको छ। आज दुवै पक्षबीच केरुङ-लुम्बिनी, टोखा-छहरे सुरुङमार्ग, अरनिको राजमार्ग स्तरोन्नति, तातोपानी नाकासम्म पुग्ने सडक दुई लेनमा विस्तारका विषयमा छलफल हुनुका साथै विभिन्न द्वीपक्षीय सन्धी सम्झौतामा हस्ताक्षर हुने बताइएको छ।