PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

इँटाभट्टामा 'सामूहिक व्यक्ति हत्या'को आरोप लागेका कांग्रेस सांसद् आलम १२ वर्षपछि पक्राउ



पहिलोपोस्ट

इँटाभट्टामा 'सामूहिक व्यक्ति हत्या'को आरोप लागेका कांग्रेस सांसद् आलम १२ वर्षपछि पक्राउ

काठमाडौं: ०६४ को संविधानसभा निर्वाचनका दौरान रौतहटमा भएको एक बम काण्डमा घटनाको अनुसन्धानका लागि नेपाली कांग्रेसका सांसद् मोहम्मद आफताब आलम पक्राउ परेका छन्। आलम रौतहट २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनप्रतिनिधि समेत हुन्।

आइतबार बिहान निवासबाटै आलम पक्राउ परेका हुन्। 

जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले आलमलाई आइतबार बिहान नियन्त्रणमा लिएको हो। नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले आलम पक्राउ परेको पुष्टि गरे।

पूर्वमन्त्री समेत रहेका आलम प्रहरीले खोजी सूचीमा थिए। तर, घटनाको १२ वर्षसम्म पक्राउ परेका थिएनन्। त्यसयताका सबै निर्वाचनमा भाग समेत लिएका थिए।

२०६४ चैत २७ गते रौतहटको राजपुरमा विस्फोटमा घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग आलममाथि लगाइँदै आएको छ। पीडित परिवारले किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गरेको थिएन। सर्वोच्च अदालतले ०६९ जेठ १६ गते जाहेरी दर्ता गर्न प्रहरीलाई आदेश गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell