PahiloPost

Dec 30, 2025 | १५ पुष २०८२

चीनका राष्ट्रपति सी जिनपिङ स्वदेश फिर्ता, राष्ट्रपति भण्डारीले गरिन् बिदाई



पहिलोपोस्ट

चीनका राष्ट्रपति सी जिनपिङ स्वदेश फिर्ता, राष्ट्रपति भण्डारीले गरिन् बिदाई
प्रधानमन्त्रीको ट्वीटरबाट

काठमाडौं: चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वदेश फिर्ता भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन विमानस्थलमा सीलाई बिदाई गरेकी हुन्। बिदाई समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्चपदस्थ व्यक्तिहरु उपस्थित थिए। चिनियाँ राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो।

दुईदिने नेपाल भ्रमणका क्रममा शुक्रवार काठमाडौं आएका सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग भेट वार्ता गरेका थिए।

आजै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच द्विपक्षीय वार्ता भएको थियो। यस्तै, चीनका राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौं महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई वटा लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको थियो।

सीको सम्मानमा शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटलमा आयोजना गरेको 'स्टेट डिनर' मा सम्बोधन गर्दै सीले नेपाललाई भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार पार्न चीनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। यस्तै, राष्ट्रपति सीले केरुङ-काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययन गर्ने घोषणा समेत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell