PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

राष्ट्रपति सीको नेपाल भ्रमणबाट दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली



पहिलोपोस्ट

राष्ट्रपति सीको नेपाल भ्रमणबाट दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीको ट्वीटरबाट

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले चिनिया राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धले नयाँ उचाइ प्राप्त गरेको बताएका छन्।

दुईदिने राजकीय भ्रमण पूरा गरी सी स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री ओलीले ट्वीट गर्दै चीन–नेपाल सम्बन्धले थप गतिशीलता प्राप्त गरेको पनि बताएका छन्।

उनले ट्वीटमा भनेका छन्- मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ। उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गतिशीलता प्राप्त गरेको छ।

 

 

प्रधानमन्त्री ओलीले नेपाल भ्रमण गरी नेपाल र नेपाली जनताप्रति देखाएको सद्भाव र सदिच्छाका लागि धन्यवाद पनि दिएका छन्।

'नेपाल भ्रमण गरी नेपाल र नेपाली जनताप्रति देखाउनु भएको सद्भाव र सदिच्छाका लागि उहाँप्रति आभार व्यक्त गर्दछु। भ्रमणलाई अभूतपूर्व रुपमा सफल पार्न लागि पर्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु,' उनले भनेका छन्।

दुईदिने नेपाल भ्रमण सम्पन्न गरेर चिनियाँ राष्ट्रपति सी आज दिउँसो स्वदेश फर्किएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell