PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

यस्ता छन् नेपाल सरकार र चीन सरकारबीच आज भएका समझदारी र सहमति



पहिलोपोस्ट

यस्ता छन् नेपाल सरकार र चीन सरकारबीच आज भएका समझदारी र सहमति
फोटोः रासस

काठमाडौं: नेपाल सरकार र चीन सरकारबीच आज १८ वटा समझदारीपत्र र दुई वटा लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ। चीनका राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा ती सहमतिपत्रहरुमा हस्ताक्षर भएको थियो।

दुई देशबीच भएका समझदारीहरु यस्ता छन् :

  • नेपाल सरकार र चीन सरकारबीच सीमा व्यवस्थापन प्रणाली विकास गर्ने सहमति
  • नेपालको प्रशासन संयन्त्रको अभिवृद्धि गर्न सहकार्य गर्ने सहमति
  • आपराधिक मामिलामा पारस्परिक कानुनी सहयोगबारे नेपाल र चीनबीचको सन्धि
  • सगरमाथा संरक्षणका लागि नेपाल र चीनबीच सहकार्य गर्ने सहमति
  • नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच महत्वपूर्ण लगानी र सहकार्यमा उत्पादक क्षमता वृद्धि गर्ने सहमति
  • चीनको छेन्दुमा महावाणिज्य कार्यालय स्थापना गरिने
  • नेपालको भौतिक विकास एवं यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच चीन- नेपाल अन्तरसीमा रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने सहमति
  • काठमाडौं महानगरपालिका र चीनको नानजिङ सिटीबीच भगिनी सम्बन्ध कायम गर्ने सहमति
  • बुटवल उप–महानगरपालिका र चीनको सियान सिटीबीच भगिनी सम्बन्ध कायम गर्ने सहमति
  • स्वास्थ्य मन्त्रालय र चीनको राष्ट्रिय परम्परागत औषधि प्रशासन केन्द्रबीच परम्परागत ‍औषधि बनाउन सहकार्य गर्ने सहमति 
  • गृह मन्त्रालय र चीनको आपतकाल व्यवस्थापन मन्त्रालयबीच प्राकृतिक प्रकोप न्यूनीकरण र नियन्त्रणका लागि सहकार्य गर्ने सहमति
  • चीनको सुप्रिम पिपल्स प्रोक्युरेटर र नेपालको महान्यायाधिवक्ता कार्यालयबीच सहकार्य
  • त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस इन्स्टिच्युटको मुख्य कार्यालयबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने सहमति
  • कागती, जुनार, सुन्तला लगायत अमिला फलफूल (साइट्र फ्रुट्स) चीनमा निर्यातका लागि नेपालको कृषि विभाग र चीनको भन्सार कार्यालयबीच सहकार्य
  • चीन र नेपालको उद्योग मन्त्रालयबीच व्यापारका लागि संयुक्त कार्यदल स्थापना गर्ने सहमति
  • नेपालमा भूकम्पपछि चीनको सहायतामा निर्माण भइरहेका परियोजनाहरुको हस्तान्तरण र स्वीकृति प्रमाणपत्र दिने सहमति
  • नेपालको अर्थ मन्त्रालय र चीनको अर्थ मन्त्रालयबीच लगानी सहयोग कार्य समूहको स्थापना गर्ने सहमति
  • नेपालको अर्थ मन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास एजेन्सीबीच सुरुङ मार्ग निर्माणमा सहकार्य गर्ने सहमति
  • सीमा सुरक्षाका लागि आवश्यक सामाग्री र कार्यालय व्यवस्थापनका लागि आवश्यक उपकरणसम्बन्धी लेटर अफ एक्सचेन्ज
  • नेपालको काठमाडौं उपत्यकामा चीन-सहायता नगरपालिकाबाट पानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell