PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

टम ह्यांक्सलाई भेट्दै आमिर खान



पहिलोपोस्ट

टम ह्यांक्सलाई भेट्दै आमिर खान

हलिउड फिल्म 'फरेस्ट गम्प'को रिमेकमा मुख्य अभिनेताको रुपमा काम गर्दै छन् बलिउड स्टार आमिर खान। फिल्मको हलिउड रिमेकमा योगदान पुर्‍याउने छनक देखाएका छन् टम ह्यांक्सले। 'लाल सिंह चड्डा' नाम दिइएको फिल्मका लागि टम र आमिर भेट्न लागेको खबर सार्वजनिक भएको छ।  

फरेस्ट गम्प निर्माण कम्पनी प्यारामाउन्ट पिक्चर्सले हिन्दी रिमेकका लागि टम ह्यांक्सको पूर्ण साथ र सहयोग रहने बताएको हो।

बलिउडका टम ह्यांक्सको संज्ञा पाउँदै आएका आमिर खानका लागि टमसँगको भेट महत्वपूर्ण रहने बलिउड हंगामाले जनाएको छ।

लालसिंह चड्डालाई एद्वेत चन्दनले निर्देशन गर्ने छन्। फिल्मका लागि आमिरले २० केजी तौल पनि घटाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell